काठमाडौँ ।
सिभिल बैंक लिमिटेडको लाभांश पारित भएको छ । बैंकको आइतबार भर्चुअल माध्यमबाट सम्पन्न भएको १०औं वार्र्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पुँजीको आठ प्रतिशतका दरले हुन आउने ६४ करोड दुुई लाख ७१ हजार एक सय ७३ रुपैयाँबराबरको बोनश सेयर तथा कर प्रयोजनको लागि प्रतिसेयर शून्य दशमलव ४२ प्रतिशतका दरले हुन आउने तीन करोड ३६ लाख ९८ हजार चार सय ४२ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत गरेको हो ।
सभाले २०७७÷७८ को लेखापरीक्षण गर्नको लागि ‘एनबीएसएम एण्ड एसोसियट्स’ लाई लेखापरीक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एकआपसमा गाभ्ने तथा गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) हुने वा स्वदेशी वा विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्नेलगायत प्रचलित नियम, कानुनअनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ ।
बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहक सेवालाई निरन्तररूपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । करिब पाँच लाखभन्दा बढी ग्राहकहरूलाई एक सय १४ वटा शाखाहरू, छवटा एक्सटेन्सन काउन्टरहरू तथा ८९ एटीएममार्फत सेवा प्रदान गरिरहेको बैंकले करिब ७८ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ७२ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया