काठमाडौं, पुस २३
नबिल बैंकले ३५औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले मंगलबार सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालको सभापतित्वमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले बैंकको सञ्चालक समितिले सिफारिस गरेबमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिअनुसार आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । सभाल विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रूपमा स्थापित हुन सफल भएको जानकारी समेत दिइएको छ ।
बैंकले आव २०७५/७६ मा निजी क्षेत्रका बैंकहरूमध्ये उच्चतम मुनाफा चार अर्ब २४ करोड हासिल गर्न सफल भएको छ । बैंकले जेथामा प्रतिफल १७ दशमलव ७६ प्रतिशत र प्रतिसेयर आम्दानी ५० रूपैयाँ ५७ पैसा हासिल गरी आफ्नो वासलात विस्तार गर्दै दुुई खर्ब एक अर्ब रूपैयाँ पु-याएको छ । बैंकको सञ्चालन मुनाफा छ अर्ब तीन करोड रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको सञ्चालन मुनाफा र खुद मुनाफामा क्रमशः छ दशमलव ६१ र छ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष पौड्यालको सफल नेतृत्वमा अघि बढिरहेको बैंकको “नेटवर्थ” २३ अर्ब १९ करोड रहेको छ । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरपश्चात् बैंकको पुँजी यस वर्ष १० अर्ब नौ करोड रूपैयाँ नाघेको छ ।
सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष पौड्यालले भने “नबिल बैंकले नेपालको बैकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा करमार्फत योगदान पु-याउन सफल भएकोमा हामी गौरवान्वित रहेका छौँ ।”
सभाकै अवसरमा मिति २०७६/५/१४ मा केही विदेशी नागरिकहरूद्वार विभिन्न बैंकहरूको एटीएमबाट अनधिकत रूपमा रकम निकालिएको घटनालाई उजागर गरी संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन सक्रिय भूमिका निर्वाह गरेबापत सेयरधनीसमेतको सक्रियतामा बैंकका कर्मचारी, सुरक्षा गार्डहरू तथा महानगरीय प्रहरी बृत्त दरबारमार्ग काठमाडौँंलाई सम्मान गरिएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया