माछापुच्छ्रे बैंकको माछापुच्छ्रे ग्राहक सेवा केन्द्र
काठमाडौं, पुस २३
माछापुच्छ्रे बैंकले माछापुच्छ्रे ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । ग्राहक महानुभावहरूलाई छिटो छरितो र सहज रूपमा सुविधा प्रदान गर्ने उद्देश्यका साथ बैंकले अन्तर्राष्ट्रिय स्तरको एसआईपी पीबीएक्समा आधारित आईभीआर बैकिङ र अडियो नोटिस बोर्डसहितको अत्याधुनिक प्रविधिको ओम्नी च्यानल ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । ग्राहकले बैंकको विभिन्न सामजिक सञ्जालमार्फत सिधै माछापुच्छ्रे ग्राहक सेवा केन्द्रमा सम्पर्क स्थापित गर्न सक्नेछन् ।
बैंकको गुणस्तरीय सेवा विस्तारका साथै देश तथा विदेशमा रहेका ग्राहकहरूलाई बैंकसँग सम्बन्धित सूचना आदान–प्रदान गर्नका लागि ग्राहक सेवा केन्द्रले मुख्य भूमिका खेल्नेछ । ग्राहकहरूले ०१५९७०५५५ नम्बरमा फोन गरी आफूलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्नेछन् । जसबाट ग्राहकहरूले बैंकसँग सम्बन्धित विभिन्न सेवा, सुविधा, सूचना, गुनासो तथा अन्य कुराहरूको जानकारीका लागि बैंकसम्म पुग्न सहज हुनेछ ।
स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको बैंकले मोवाईल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एवं मुद्दती खाता खोल्ने, क्यूआर कोडलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहकमाझ ल्याइसकेको छ । बैंकले हाल सबै क्षेत्रमा गरी एक सय ४५ वटा शाखाहरू, एक सय ३८ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा दुुई ८३ स्थानमा रहेका सेवा सञ्जाल तथा एक सय ७९ वटा एटीएमहरू तथा एक हजारभन्दा बढी पीओएमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
- आजदेखि नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया