केटु हिमाल आरोहीहरूलाई सेनाद्वारा सम्मान
काठमाडौं ।
नेपाली सेनाले विश्वको दोस्रो अग्लो हिमाल केटु हिमाल आरोहीहरुलाई सम्मान गरेको छ । नेपाली सेनाले बुधबार जंगी अड्डामा आयोजित विशेष समारोहका बीच उनीहरुलाई कदरपत्र प्रदान गरी सम्मान गरेको हो । गत माघ ०३ गते पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो हिमाल केटु (८६११ मि)को विन्टर सिजनमा प्रथम पटक सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल नेपाली आरोहण दलका सदस्यहरुलाई प्रधान सेनापति पूर्णचन्द्र थापाले सम्मान गरेका हुन् ।
राष्ट्रिय गानबाट शुरु गरिएको उक्त कार्यक्रममा आठ हजार मिटरभन्दा अग्ला १४ हिमालहरुमध्ये जाडो मौसममा सफल आरोहण नगरिएको केटु हिमालसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो । उक्त अवसरमा आरोहण दलका टिम लिडर निर्मल पुर्जा मगरले आरोहणको दौरान मृत्युलाई चुनौती दिँदै केटुको शिखरमा नेपाल र नेपालीको नाम विश्वभर फैलाउन नेपालको राष्ट्रिय गान गाउँदै चुचुरोमा नेपालको राष्ट्रिय झन्डा फहराउन आफूहरु सफल भएको अनुभव सुनाएका थिए ।
बेलायती सेनाको स्पेशल फोर्सबाट सेवा निवृत्त पुर्जा मगरले टिमको निर्माण गरी सामूहिक भावना तथा आफ्नो देश एवं शेर्पा समुदायको नाम राख्न केही गरौँ भन्ने चाहनाले गर्दा आरोहणको इतिहासमै खतरनाक मानिएको हिमाल आरोहण गर्न सफल भएको बताए । उनले विदेशमा सेवा गर्दा मातृभूमिको माया एवं कर्तव्यबोध अझ बढी हुने आफ्नो अनुभव समेत सुनाएका थिए ।
नेपाल पर्वतारोहण संघका साथै नेपाल पर्यटन विभाग तथा बोर्डका सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सम्मानित भएका आरोहीहरुलाई बधाई दिँदै प्रधान सेनापति थापाले सामूहिक भावना तथा दृढ विश्वास एवं लगनशीलताले विन्टर सिजनमा केटुजस्तो खतरायुक्त हिमालको सफल आरोहण गर्न सम्भव भएको बताए ।
साथै उनले विदेशमा सेवा गर्नु नराम्रो पटक्कै नभएको र विदेशमा प्राप्त अनुभव तथा सीपलाई स्वदेशको प्रगतिमा उपयोग गर्नु आजको आवश्यकता रहेकोले राष्ट्रिय भावनासहितको लक्ष्य लिएर अघि बढ्ने संकल्प गरेमा नेपालमा असम्भव भन्ने हरेक पक्षलाई सम्भव बनाउन सकिने धारणा व्यक्त गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
- राज्यको प्राथमिकतामा उद्यामशीलता: मन्त्री भण्डारी
- गोदावारीमा लागेको डढेलो निभाउन गएका एक व्याक्तिको मृत्यु
- दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र
- विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया