युरोप, पुस २३
विश्व प्रसिद्ध सोनी कम्पनीले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । यसको लागि कम्पनीले कन्सेप्ट (अवधारणा) सार्वजनिक गरेको छ । सोनीले नयाँवर्ष २०२० मा ‘भिजन एस’ कन्सेप्ट सार्वजनिक गरेको हो । सोनीले इन्टरटेन्मेन्टका उत्पादन, सेन्सर क्यामरा लगायतका सामग्रीको कन्सेप्ट सार्वजनिक भएको छ । विद्युतीय गाडीभित्र र बाहिर ३३ प्रकारका सेन्सरसहित मनोरञ्जन डिस्प्ले, ३६० अडियो कनेक्टिभिटी रहेको छ । भिजन एस विद्युतीय गाडीको नयाँ डिजाइन प्लेटफर्मको लागि हो । सोनीले अटोमोटिभ सप्लायर मग्नासँग सहकार्य गरी सेडान र एसयुभी विद्युतीय सवारीको लागि उत्पादन गर्ने बताएको छ । सोनीको सीईओ केनिचिरो योशिदाले भने, ‘यस प्रोटोटाइपले गतिशीलताको भविष्यमा हाम्रो योगदानलाई समेट्छ ।’ यसबाहेक सोनीले धेरै कुरा खुलाएको छैन ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया