कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
काठमाडौं ।
कुमारी बैंक लिमिटेडको अगुवाइमा सहवित्तीयकरण कर्जाअन्तर्गत तुदी पावर कम्पनी प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको म्याग्दी जिल्ला भएर बग्ने राहुघाट खोलामा बन्न लागेको ४८ दशमलव ५० मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् परियोजनाको लागि आवश्यक वित्तीय व्यवस्थापन गरिएको छ । उक्त सहवित्तीयकरण सम्झौताअन्तर्गत कुमारी बैंक लिमिटेडबाहेक ग्लोबल आईएमई बैंक, सहअगुवाइ बैंकको रूपमा रहेको छ भने अन्य सहभागी बैंककोरूपमा सिद्धार्थ बैंक लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्ज बैंक लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेड रहेका छन् ।
यो परियोजनाको कुल लागत खर्च आठ अर्ब ३० करोडमध्ये सहवित्तीयकरण बैंकहरूबाट जम्मा ऋण कर्जा पाँच अर्ब ८१ करोड प्रवाह हुनेछ । प्रवर्द्धक कम्पनीको मुख्य लगानीकर्ताको रूपमा हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेड, तुदी इन्भेष्टमेन्ट कम्पनी प्राइभेट लिमिटेड र महेश्वरप्रकाश श्रेष्ठ रहनेछन् भने वैदेशिक लगानीकर्ताको रूपमा चिनियाँ कम्पनी, सिचुवान जी अन्ताइ एनर्जी डेभेलपमेन्ट कम्पनी लिमिटेड रहनेछ । परियोजनाबाट विसं २०८० सम्म विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ । जलविद्युत् आयोजना राष्ट्रिय प्राथमिकता क्षेत्रअन्तर्गत पर्नुगएको हुनाले बैंक तथा वित्तीय संस्थाहरूले यस क्षेत्रमा लगानीको दायरा बढाइरहेका छन् ।
आफ्ना देशव्यापी एक सय ९२ शाखा सञ्जाल, एक सय ६२ एटीएम, २२ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टरमार्फत अत्याधुनिक बैंकिङ सेवा सुविधाहरू दिँदै आएको कुमारी बैंकले राष्ट्रिय प्राथमिकताअन्तर्गतका विविध आयोजनाहरूमा लगानी गर्दै आइरहेको र उक्त कार्य निरन्तररूपमा अघि बढ्दै जाने बैंकले जानकारी गराएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया