सेञ्चुरी बैंक र राष्ट्रिय व्यवसायी महासंघबीच सम्झौता
काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल राष्ट्रिय व्यवसायी महासंघबीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सम्झौता भएको छ । उक्त समारोहमा बैंकले नेपाल राष्ट्रिय व्यवसायी महासंघ र महासंघअन्तर्गतका भोटेवहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघ र नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघसँग छुट्टाछुट्टै सम्झौता गरेको छ ।
सम्झौतामा बैंकको तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा विभाग प्रमुख प्रविनकुमार दाहाल, साना तथा मझौला कर्जा विभाग प्रमुख राजेन्द्रप्रसाद तिम्सिना र नेपाल राष्ट्रिय व्यवसायी महासंघका तर्फबाट अध्यक्ष नरेशकुमार कटुवाल, भोटेवहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघका अध्यक्ष चन्द्र लामिछाने, नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघका अध्यक्ष आनन्द पौडेलले हस्ताक्षर गरेका छन् ।
महासंघमा आबद्ध उद्यमी व्यवसायीलाई बैंकले सरल, सहज तथा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । उक्त सहज एवं सहुलियतपूर्ण कर्जाबाट व्यवसायीलाई कोभिड–१९ को विश्वव्यापी महामारीले पु-याएको प्रतिकूल प्रभावलाई कम गरी व्यवसायमा निरन्तरता दिन, व्यवसाय वृद्धि तथा उद्यमशीलता प्रवद्र्धनमा सहयोग पुग्ने बैंकले अपेक्षा गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया