कोभिड महामारीले बढ्यो फाइनान्सहरूमा निष्क्रिय कर्जा
काठमाडौँ ।
विश्व महामारी कोरोना संक्रमणका कारण फाइनान्स कम्पनीहरूमा निष्क्रिय कर्जाको अनुपात बढेको छ । कोभिड १९ कै कारण अर्थतन्त्र कमजोर बन्दा फाइनान्सहरूमा कर्जाको ब्याज तथा सावाँ असुुलीमा पनि समस्या आएको छ । सोही कारण गत आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा चालू आवको सोही समयमा फाइनान्स कम्पनीहरूमा निष्क्रिय कर्जा बढी देखिएको छ ।
फाइनान्सहरूले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २१ वटा फाइनान्स कम्पनीहरूमध्ये केहीबाहेक सबैजसो फाइनान्सहरूमा निष्क्रिय कर्जा बढेको छ । जसमध्ये नेपाल फाइनान्समा फाइनान्स कम्पनीहरूमध्येकै सबैभन्दा बढी कर्जा निष्क्रिय देखिएको छ । उक्त फाइनान्समा ४१ दशमलव सात प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
यद्यपि नेपाल फाइनान्समा रहेको यो निष्क्रिय कर्जाको गत आवको सोही अवधिको तुुलनामा झण्डै आधाले कम हो । गत आवको सोही अवधिमा उक्त फाइनान्समा यस्तो कर्जाको अनुपात ९४ दशमलव ६१ प्रतिशत रहेको थियो । समृद्धि फाइनान्समा पनि चालू आवको दोस्रो त्रैमासिकमा ३१ दशमलव १७ प्रतिशत कर्जा निष्क्रिय छ । गत आवको सोही अवधिमा उक्त फाइनान्समा १२ प्रतिशत मात्र कर्जा निष्क्रिय रहेको थियो ।
चालू आवको दोस्रो त्रैमासिकमा बेष्ट फाइनान्स, जानकी फाइनान्स, गोर्खाज फाइनान्स, रिलायन्स फाइनान्स र प्रोग्रेसिभ फाइनान्समा भने निष्क्रिय कर्जाको अनुपात क्रमशः २७ दशमलव २२, सात दशमलव ९३, चार दशमलव ४२, चार दशमलव ७९ र चार दशमलव चार प्रतिशत रहेको थियो । गत आवको सोही अवधिमा भने यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः १४ दशमलव ६८, आठ दशमलव ५७, चार दशमलव २६, एक दशमलव ६६ र तीन दशमलव ४४ प्रतिशत रहेका थिए ।
यसैगरी युुनाइटेड फाइनान्स, सेन्ट्रल फाइनान्स, सिर्जना फाइनान्स र मञ्जुश्री फाइनान्समा पनि निष्क्रिय कर्जाको अनुपात क्रमशः तीन दशमलव ९१, तीन दशमलव २२, तीन दशमलव ४८ र तीन दशमलव एक प्रतिशत रहेका छन् । गत आवको सोही अवधिमा भने यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव २९, एक दशमलव ७३, तीन दशमलव ४२ र तीन दशमलव ४३ प्रतिशत रहेका थिए ।
चालू आवको दोस्रो त्रैमासिकमा मल्टीपर्पस, पोखरा, गुुडविल र गुुह्येश्वरी मर्चेन्ट फाइनान्सहरूमा भने निष्क्रिय कर्जाको अनुपात क्रमशः दुुई दशमलव नौ, एक दशमलव ३२, एक दशमलव ३८ र एक दशमलव ७४ प्रतिशत रहेका छन् । गत आवको सोही अवधिमा भने यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः चार दशमलव ८८, एक दशमलव १६, एक दशमलव २५ र एक दशमलव १० प्रतिशत रहेका थिए ।
फाइनान्स कम्पनीहरूमध्ये सबैभन्दा कम निष्क्रिय कर्जा भने आईसीएफसी फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीमा रहेको छ । चालू आवको दोस्रो त्रैमासिकमा शून्य दशमलव ७६ र शून्य दशमलव ७० कर्जा निष्क्रिय रहेकोमा गत आवको सोही अवधिमा यस्तो कर्जाको शून्य दशमलव ६० र शून्य दशमलव ४४ प्रतिशत रहेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया