मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई होटल सबरीनामा विशेष छुट
काठमाडौं ।
मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले होटल सबरीनामा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना भिषा डेबिट कार्डवाहक ग्राहकहरूलाई थप सेवा दिन बुढानिलकण्ठस्थित होटल सबरीनासँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेगरी सम्झौता गरेपश्चात् ग्राकहरूले यस्तो सुविधा पाउने भएका हुुन् । सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले होटल सबरीनाबाट होटल बसाइ, खाना, बेबरेज, बेकरी तथा सोनाको सेवा लिँदा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदिजस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था पनि बैंकले गरेको छ । बंैकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ६१ करोड ५५ लाख ७३ हजार पाँच सय दुुई रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ४७ करोड २५ लाख १२ हजार ५७ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी चार अर्ब ८१ करोड १५ लाख ५० हजार आठ सय तीन रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ७४ अर्ब ८७ करोड २० लाख ४६ हजार पाँच सय ७१ रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब २७ करोड ४० लाख ४१ हजार तीन सय रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो अवधिमा एक अर्ब १६ करोड २४ लाख ३८ हजार आठ सय ४७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
यस अवधिमा चार दशमलव ९९ प्रतिशत स्प्रेड दर रहेको बैकको वितरणयोग्य नाफा भने ५२ करोड ५५ लाख १० हजार एक सय सात रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले ५७ अर्ब ३१ करोड आठ लाख ६२ हजार सात सय एक रुपैयाँ निक्षेपं संकलन गरी ४७ अर्ब ६६ करोड नौ लाख चार हजार छ सय ११ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब नौ करोड ८७ लाख ४९ हजार छ सय १० रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ६६ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया