नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा पैसा पठाउने एप सञ्चालन
काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट बैंकले पैसा पठाउने एप सञ्चालनमा ल्याएको जानकारी दिएको छ । बैंकका अनुसार भारतमा रहेका नेपालीलाई सहजरूपमा नेपालमा पैसा पठाउन पाउन भन्ने उद्देश्यले पैसा पठाउने एप सञ्चालनमा ल्याइएको हो ।
यो एपबाट भारतमा रहेका नेपालीले आफ्नो मोबाइलबाट २४सै घण्टा पैसा पठाउन सक्नेछन्, बैंकले भनेको छ । एपमार्फत पैसा पठाउँदा छिटो, सुरक्षित र कम सेवा शुल्कमा पैसा पठाउन सकिनेछ । बैंकका अनुसार भारतमा रहेको आफ्नो बैंक एकाउन्टबाट सजिलै नेपालमा रकम ट्रान्सफर गर्न सक्नेछन् ।
यो एपमार्फत एक पटकमा ८० हजार रुपैयाँ अर्थात् ५० हजार भारु समेत गरी वर्षमा १२ पटकसम्म पैसा पठाउन सकिन्छ, बैंकले भनेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ५८ करोड ६६ लाख नौ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ६६ करोड ६१ लाख १२ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी १४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब ६६ अर्ब ३५ करोड ६७ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३८ अर्ब एक करोड ९६ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ९८ करोड २४ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा वितरणयोग्य नाफा ४९ करोड ३८ लाख ३८ हजार रुपैयाँ रहेको बैंकमा चार दशमलव १४ प्रतिशतको स्प्रेड दर रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ६६ अर्ब ३६ करोड २१ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब आठ करोड २० लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब छ करोड ३३ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव १६ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया