Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिनेचुरल सहकारीको क्यूआर कोड बैकिङ सेवा

नेचुरल सहकारीको क्यूआर कोड बैकिङ सेवा


काठमाडौँ,  पुस २५
काठमाडौँको जोरपाटीमा केन्द्रीय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले क्यूआर कोड पेमेन्ट सिस्टम सुरु गरेको छ । सदस्यलाई छिटो, सरल, विश्वसनीय, उच्चस्तरीय सेवा दिने प्रतिबद्धताअनुसार क्यूआर कोड बैकिङ सुरुवात गरेको हो । संस्थाले यसअघि मोबाइल बैकिङ, एसएमएस सेवा, एटीएम सेवा, मिस्डकल बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

सहकारी संस्थालाई प्रविधिमैत्री बनाउने र सदस्यलाई सरल, सहजरूपमा सहकारीको सेवा दिने उद्देश्यले नयाँ सेवा सुभारम्भ गरेको संस्थाका प्रमुख कार्यकारी निर्देशक विकल्प पाठकले जानकारी दिए । संस्थाले बुधबारबाट पिपुल्स लाइफ केयर अस्पतालबाट क्यूआर कोड पेमेन्ट सिस्टमको सेवा सुभारम्भ गरेको हो । अब नेचुरल सहकारीका सदस्यले ‘नेचुरल स्मार्ट एप’ प्रयोग गरी ५ रूपैयाँदेखि ५० हजार रूपैयाँसम्म भुक्तानी गर्न सक्ने प्रमुख पाठकले जानकारी दिए ।

नेचुरल सहकारीको क्यूआर कोड पेमेन्ट रहेको अस्पताल, स्कुल, होटल, रिसोर्ट, किराना पसलहरूमा रकम भुक्तानी गर्न सकिने पाठकले बताए । नेचुरलले केन्द्रीय कार्यालय जोरपाटी, सदस्य सेवा केन्द्र साखु, सदस्य सेवा केन्द्र नयाँ बजार र सदस्य कार्यालय काडाँघारीबाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x