भारतमा करिब तीन करोडले कोरोना विरुद्ध खोप लगाए
नयाँ दिल्ली ।
भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी करिब तीन करोड व्यक्तिले खोप लगाइसकेका छन् । भारतमा गत २४ घण्टामा २६ हजार दुई सय ९१ जनामा कोभिड–१९ को संक्रमण देखिएपछि कुल कोरोना संक्रमितको संख्या एक करोड १३ लाख ८५ हजारभन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।
भारतमा गत २४ घण्टामा कोभिड–१९ संक्रमणको कारण एक सय १८ जनाको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५८ हजार सात सय २५ जना पुगेको छ । हाल भारतमा दुई लाख १९ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । केही दिनयता भारतमा सक्रिय संक्रमितको संख्या बढेको पाइएको छ । यसैबीच कोभिड–९९ को संक्रमण सुरु भएयता भारतमा हालसम्म एक करोड १० लाख सात हजारभन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर २२ करोड ७४ लाख सात हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो आइतबार एकै दिनमा सात लाख तीन हजार सात सय ७२ जनाको कोभिड–१९ परीक्षण भएको पनि समाचारमा जनाइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया