तीन सय युवाहरूले उधमशीलताका लागि विनाब्याज तीन लाख रुपैयाँ प्राप्त गर्ने
भक्तपुर ।
तीन सय युवाहरूले उधमशीलताका लागि विनाब्याज तीन लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । चाँगुनारायण नगरपालिकाका तीन सय जना युवाहरूलाई नेपाल बैंकले व्यावसायिक प्रस्तावको आधारमा पालिकाको जमानीमा तीन लाख रूपैयाँको दरले विनाब्याज लोन दिने भएको हो ।
राष्ट्रिय युवा परिषद्, चाँगुनारायण नगरपालिका र नेपाल बैंक लिमिटेडको आयोजना मंगलबारदेखि सुरु भएको ‘सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरता–जीवाईवी/एसवाईवी’ सात दिवसीय तालिम कार्यक्रममा बैंकले उक्त जानकारी दिएको हो । सोमबारसम्म सञ्चालन हुने तालिममा तीन सय ७० जना सहभागी छन् । उनीहरूलाई १० समूहमा विभाजन गरेर तालिम दिइएको छ । तालिमका उद्घाटन कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले प्रभावकारी सहुलियतपूर्ण कर्जा कार्यान्वनका लागि परिषद्ले युवा र बैंकलाई जोड्ने बताए ।
साथै बैंकले युवाको प्रस्तावनाको आधारमा कर्जा प्रवाह गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल बैंकका डेपुटी सीईओ प्रकाश अधिकारीले आवश्यक डकुमेन्टसहित प्रक्रियामा आए बैंकले प्रस्तावना हेरेर लगानी गर्ने बताए । युवाहरूले उधमशीलताका लागि विनाब्याज तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । मेयर उधमशीलता कार्यक्रम चलाउने चाँगुनारायण नगरपालिका देशकै पहिलो नगरपालिका हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया