एटलान्टा आक्रमण : सन्दिग्ध व्यक्तिविरुद्ध मुद्दा, एसियाली समुदाय आक्रोशित
वासिङटन ।
अमेरिकाको एट्लान्टास्थित मसाज पार्लरमा गोली प्रहार गरी आठ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका सन्दिग्ध आक्रमणकारीविरुद्ध हत्याको अभियोग लगाइएको छ । अमेरिकी समयअनुसार गत मंगलबार भएको उक्त आक्रमणमा ज्यान गुमाउने मानिसमध्ये एशियाली मूलका छ महिला रहेका थिए ।
अहिलेसम्म आठ जनामध्ये चार जनाको सनाखत भएको बताइएको छ । उक्त आक्रमण जातीय भावनाबाट उत्प्रेरित थियो कि थिएन भनेर प्रहरीले पुष्टि गर्न सकेको छैन । सन्दिग्ध आक्रमणकारीलाई विभिन्न हत्या र साङ्घातिक आक्रमणको अभियोग लगाइएको छ । प्रहरीले उनको नाम रोबर्ट आरोन लङ भएको बताएको छ ।
स्थानीय प्रहरी अधिकारीका अनुसार लङले आफू ’यौन दुर्व्यसन’ मा परेको दाबी गरेका छन् । उनीसितबाट एउटा ह्यान्डगन बरामद गरिएको थियो भने पक्राउ गर्दा उनले प्रतिरोध गरेका थिएनन् । कतैकतै मसाज पार्लरमा यौन व्यापार हुने गरेको छ । तर स्थानीय अधिकारीहरूका अनुसार आक्रमण भएको स्थानमा त्यस्तो कुराको कुनै संकेत नदेखिएको बताइएको छ । आक्रमणपछि अमेरिकामा बस्ने एशियाली समुदायमा क्षोभ र आक्रोश देखिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया