७० प्रतिशत खानेतेल विदेशबाट आयात गर्छ भारत
नयाँ दिल्ली ।
भारतमा पछिल्लो केही महिनायता खाने तेल समेत ७० प्रतिशत विदेशबाट आयात भइरहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विदेशबाट खानेतेल आयात बढेसँगै घरेलुबजारमा खाद्य तेलको मूल्य पनि ३० प्रतिशत हाराहारीले बढेको छ । खानेतेलको आयात बढेपपछि तेल उद्योग र कारोबारसम्बन्धी केन्द्रीय संगठन सेन्ट्रल अर्गनाइजेसन फर आयल इन्डस्ट्री एन्ड ट्रेड (सीओओआईटी) ले सरकारलाई ‘जेनेटिकल्ली मोडिफाइड आयलसिड’लाई बढाउन माग गरेको छ ।
भारतलाई हरेक वर्ष दुई करोड ३० लाख टन खाद्य तेल आवश्यक पर्छ । यसमा करिब ८० लाख टन खाद्य तेल मात्रै भारतमा उत्पादन हुन्छ । सोही कारण हरेक वर्ष डेढ करोड टन इडिबल तेलको आयात गर्नुपरेको बताइएको छ । यसका लागि करिब १० अर्ब अमेरिकी डलर खर्च हुने गरेको छ । भारतमै तेलहन बालीलाई बढावा दिए यो खर्च बच्ने सरोकारवालाहरुले बताएका छन् ।
सीओओआईटीका अनुसार घरेलु स्रोतबाट मात्रै तेलहन बाली पर्याप्त मात्रामा उपलब्ध नहुने भएकाले तेल दिने बालीको बीउलाई उन्नत बनाउने अर्थात् जेनेटिकल्ली मोडिफाइड आयलसिडलाई बढावा दिनुपर्छ । सर्स्यु, भटमास, बदाम, नरिवल, कपासको गेडा, तिललगायतका खानेतेल उपलब्ध हुने बाली लगातार घटिरहेकोमा उसले चिन्ता समेत व्यक्त गरेको छ ।
गहुँ र धानमा आत्मनिर्भर भए पनि भारतले वर्षेनी अर्बौँ डलर खाद्यतेलमा विदेश पठाउने गरेको छ । भारतले सन् १९७० को दशकमा भने खाद्यतेलको विदेश निर्यात गर्ने गथ्र्यो । सन् १९९४–९५ मा आइपुग्दा भारतले १० प्रतिशत खानेतेल आयात गर्नथालेको थियो । अहिले भने यो दर बढेर ७० प्रतिशत पुगेको हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया