हिमपातले अवरुद्ध सल्लेरी काठमाडौं सवारी सुचारु
महेन्द्र शाही
सोलखुम्बु, पुस २७
भारी हिमपातका कारण अवरुद्ध बनेको सोलुखुम्बु–काठमाडौं सडक खण्ड सुचारु भएको छ । बुधबार साँझदेखिको निरन्तरको हिमपातका कारण अवरुद्ध बनेको पत्ताले क्षेत्रको सडक खण्डमा रहेको हिउँ पन्छाएपछि यातायात सुचारु भएको हो । अस्थायी जिल्ला ट्राफिक प्रहरीका कार्यालयका ट्राफिक प्रहरी नारायण बहादुर बस्नेतका अनुसार सडकमा जमेको हिउँ जेसीबीको सहयोगले पन्छाएसँगै सवारी निर्बाध रुपमा ओहोरदोहोर गरिरहेका छन् । सडक खुलेसँगै जिल्लाबाट बाहिर जाने तथा जिल्ला भित्रिने सवारी निर्बाध रुपमा ओहोरदोहोर गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ । हिउँ जमेर सडक अवरुद्ध हुदा राजधानीबाट आउने र राजधानी जाने यात्रुलाई सास्ती भएको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- निर्माण क्षेत्र थप धरासायी
- भावी सेनापति सिग्देलको दोहोरो नागरिकता छानबिन गर्न माग गर्दै गृहमा उजुरी
- महासंघद्वारा क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमणको प्रयास गर्नेविरुद्ध कारबाहीको माग
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया