सिटिजन्स बैंकद्वारा ‘यूएसडी इ–कम’ कार्डको सुरुवात
काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यूएसडी इ–कम कार्डको सुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार बैंकले सो सुविधा प्रदान गर्न लागेको हो । यो सुविधाअन्तर्गत ग्राहकहरूले आफ्नो सिटिजन्स बैंकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी एकै पटक वा पटक पटक गरी वार्षिक पाँच सय अमेरिकी डलरबराबरसम्मको रकम कार्डमा लोड गर्न बैंकसमक्ष अनुरोध गर्न सकिनेछ । यूएसडी इ–कम कार्ड प्रयोग गर्न चाहने ग्राहकहरूले आफ्नो खातामा ग्राहक पहिचा विवरण अद्यावधिक गरेको एवं प्यान कार्ड लिएको हुनुपर्नेछ ।
यसअन्तर्गत ग्राहकहरूले नेपाल र भारतबाहेकका देशहरूबाट अनलाइनमार्फत वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्न यो कार्ड प्रयोग गर्न सक्नेछन् । यो कार्ड प्रयोग गरी एटीएमबाट नगद झिक्न तथा पसमार्फत कारोबार गर्न भने पाइने छैन । बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ६७ वटा शाखा, एक सय १८ वटा एटीएम र एक सय सातवटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब साढे नौ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकवहरूको वित्तीय आवश्यकताहरू डिजिटली च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ । यसलाई मूर्त रूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड वीथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरेको छ । यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ सभ्यताको विकासमा टेवापुग्ने विश्वास बैंकले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया