Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकामा एकै महिनामा नौ लाखलाई रोजगारी

अमेरिकामा एकै महिनामा नौ लाखलाई रोजगारी


वासिङटन ।
कोरोनाविरुद्धका खोप कार्यक्रम लागू हुनथालेपछि र यसको रोकथामका लागि लगाइएका प्रतिबन्ध हटाउन थाालिएपछि अमेरिकी अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको छ । गत मार्च महिनामा मात्रै रोजगारदाताले नौ लाखभन्दा धेरै रोजगारी सिर्जना गरेका छन् । बीबीसीका अनुसार रेष्टुराँ, बार, निर्माण क्षेत्र र स्कुलहरु खुल्दा नयाँ रोजगारीको अवसर मिलेको हो ।

अगष्टयताकै यो ठूलो आकारको रोजगारी सिर्जना हो । योसँगै अमेरिकाको बेरोजगारी दर फेब्रुअरीको ६.२ प्रतिशतबाट घटेर ६ प्रतिशत पुगेको छ । कोरोना संक्रमणले आक्रान्त हुँदा गत वर्ष अमेरिकामा दुई करोडभन्दा धेरै रोजगारी गुमेको थियो । भर्खरै नयाँ राष्ट्रपति जो बाइडेनले १९ खर्ब डलरको राहत प्याकेज ल्याएका थिए । यसबाट धेरै अमेरिकीले १४ सय डलर पाइरहेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया