लघुबीमासम्बन्धी लुम्बिनी जनरलको प्रशिक्षण
काठमाडौं, पुस २८
लुुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको लघु बीमासम्बन्धी देशव्यापी अभिमुखीकरण कार्यक्रमअन्तर्गत उदयपुरको गाईघाट बजारमा कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमक संघको आयोजना तथा यूकेएड सक्षमको सौजन्यता तथा लुम्बिनी जनरल इन्स्योरेन्सको व्यव्स्थापनमा उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रममा प्रमुख अतिथिकोरूपमा त्रियुगा नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरी, विशिष्ट अतिथि चौडण्डीगढी नगरापालिकाकाका मेयर खगेन्द्र राई, कृषि ज्ञान केन्द्र, उदरपुरका प्रमुख नरनाथ रेग्मी, प्रधानमन्त्री कृषि आधुनिकीकरण जोनका प्रतिनिधि, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रतिनिधि, त्रियुगा तथा चौडण्डीगढी नगरपालिकाका वडा अध्यक्षहरूको समेत उपस्थिति रहेको थियो ।
लुम्बिनी जनरल इन्स्योरेन्सका सहायक महाप्रबन्धक नवराज तिमिल्सेनाको अध्यक्षता रहेको सो कार्यक्रममा तिमिल्सेनाले लघु बीमा सम्बन्धमा स्थानीय निकायको भूमिका सम्बन्धमा तथा नेपाल बीमक संघका अधिकृत राजेन्द्र पाठकले लघु बीमाको उद्देश्य, यसका फाइदा तथा शर्तहरूसम्बन्धी प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा स्थानीय कृषक, कृषि व्यवसायी तथा कृषि अभियन्तालगायत ८८ जनाको सहभागिता रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया