मिर्मिरे लघुवित्तको नाफा सात करोड ५१ लाख
काठमाडौं ।
मिर्मिरे लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा सात करोड ५१ लाख ४१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ९८ लाख चार हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी ३९ करोड ८६ लाख २६ हजार रुपैयाँ रहेको संंस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ६७ करोड ५३ लाख एक हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४६ करोड ९० लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १७ करोड ९२ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ६७ लाख १४ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ८० प्रतिशत रहेको छ । यस अवधिमा संस्थाको स्प्रेड दर भने आठ दशमलव ९० प्रतिशत रहेको छ ।
संस्थाले गत आवको सोही अवधिमा भने ९१ करोड ३२ लाख सात हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ५२ करोड २० लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड ३५ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम भने एक करोड ९० लाख ८२ हजार रुपैयाँ रहेको थियो । निष्क्रिय कर्जाको अनुपात एक दशमलव ४८ प्रतिशत रहेको संस्थामा सात दशमलव ३२ प्रतिशतको स्प्रेड दर रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया