कृषिमन्त्रीद्वारा सांसदहरूसंँग बजेट, नीति तथा कार्यक्रमका बारेमा छलफल
काठमाडौं ।
आगामी आर्थिक वर्ष २०७८/०७९ को कृषि मन्त्रालयको बजेट, नीति तथा कार्यक्रमका बारेमा कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले सांसदहरूसँग छलफल गरेकी छिन् । मन्त्री अर्यालले शुक्रबार मन्त्रालयमा विशेष कार्यक्रमको आयोजना गरी सांसदहरूसँग सुझाव लिएकी हुन् ।
कृषिमन्त्री अर्यालले विगतमा सञ्चालित कार्यक्रमलाई यसपाली सरकारले सच्याउने बताइन् । विगतमा सञ्चालनमा आएका तर प्रभावकारी हुन नसकेका केही कार्यक्रम सच्याउने र केही कार्यक्रम नयाँ थप्ने तयारी रहेको उनको भनाइ थियो ।
छलफलमा सांसदहरूले प्राङ्गारिक मलको प्रयोगमा जोड दिनुपर्ने, अनुदानका कार्यक्रमहरूमा विशेष ध्यान दिनुपर्ने, त्यसमा गैरकिसानले सुविधान लिने कुरालाई रोक्नुपर्ने, विभिन्न समयमा आउने विपत्बाट हुने जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्ने, मागअनुसार सिधै स्थानीय तहमा बजेट पठाउने व्यवस्था गरिनुपर्ने, संघ, प्रदेश र पालिकाको कार्यक्रमबीचमा समन्वय बढाउनुपर्ने, गुणस्तर मापन ल्याब स्थापना गर्नुपर्ने, कृषि उपजको इन्स्योरेन्स तत्काल सुरु गर्न आवश्यक रहेको बताएका थिए ।
सांसदहरू खगराज अधिकारी, विद्या भट्टराई, सुजिता शाक्य, माया ज्ञवाली, शान्ति पाख्रिन, कोमल वली, थममाया थापामगर, दलबहादुर रानामगरलगायतले आ–आफ्नो सुझाव राखेका थिए । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मन्त्री परिषदको निर्णय : विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने
- बजेटमा महासंघको सुझावः भ्याटलाई १३ प्रतिशतबाट १० मा झार्नुपर्ने देखि स्टार्टअप उद्योगलाई १० वर्षसम्म आयकर छुट
- रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न
- पार्टीलाई बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री अधिकारी
- ज्योति विकास बैंकद्वारा कर्मचारीलाई सम्मान
- जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन
- पाशुपत क्षेत्र धार्मिक पवित्र स्थल हो, भाषण गर्ने ठाउँ होइन: मन्त्री तामाङ
- पशुपति क्षेत्र विकास कोषको वार्षिक उत्वमा वृक्षरोपण र रक्तदान कार्यक्रम
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया