ठूला आयोजनामा पर्याप्त बजेट व्यवस्था गर्न सुझाव
काठमाडौं ।
पूर्वअर्थमन्त्रीहरुले हाल सञ्चालनमा रहेका ठूला आयोजनाहरुलाई पर्याप्त बजेट व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने विषयलाई लिएर मंगलबार आयोजना गरेको छलफल कार्यक्रममा पूर्वअर्थमन्त्रीहरुले आगामी आर्थिक वर्ष २०७८÷०७८ को बजेटले ठूला आयोजनाहरुलाई बजेट अभाव हुन नदिएमा मात्र राम्रो प्रतिफल लिन सकिने सुझाव दिएका हुन् ।
पूर्वअर्थमन्त्रीहरुले लोकप्रिय कार्यक्रमभन्दा पनि नेपालको वास्तविकताका आधारमा मात्र बजेट ल्याउन सुझाव दिएका हुन् । सामाजिक सुरक्षाका कार्यक्रमहरुलाई नेपालमा लोकप्रिय कार्यक्रमको रुपमा लिइन्छ । सामाजिक सुरक्षाका कार्यक्रमका बजेट कटौती गर्ने हो भने सरकारको चर्को आलोचना हुने गर्छ । अहिले वास्तविकताका आधारमा बजेट ल्याउन सुझाव दिने पूर्वअर्थमन्त्रीहरुले नै अनुत्पादक लगानीजस्तै देखिने सामाजिक सुरक्षाको बजेट कम भयो भने सरकारको आलोचना गर्नेछन् ।
पूर्वअर्थमन्त्रीहरुले ठूला आयोजनामा बजेटको उचित प्रबन्ध गर्नका लागि केही क्षेत्रमा खर्च कटौतीलाई विशेष ध्यान दिनुपर्ने बताएका छन् । साथै बजेटमा कोरोनाका कारण प्रभावित उद्योग व्यवसायलाई राहत दिने कार्यक्रम समावेश गर्न पनि सुझाव दिएका छन् । छलफलमा पूर्वअर्थमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत, वर्षमान पुन र शङ्कर कोइरालाको सहभागिता थियो ।
आकारका आधारमा ठूलो बजेटभन्दा पनि विशेषगरी धरातलीय यर्थाथतालाई सम्बोधन गर्न तथा लोकप्रियताको नाममा कार्यान्वयन नहुने खालका कार्यक्रम नराख्नसमेत पूर्वअर्थमन्त्रीहरुले अर्थमन्त्री पौडेललाई सुझाव दिएका छन् । समयमा नै बजेट आए पनि पुँजीगत खर्च हुन नसकेको अवस्थालाई मध्यनजर गरेर त्यसमा विशेष ध्यान दिन तथा आर्थिक पुनरुत्थानका खास प्याकेज ल्याउन पूर्वअर्थमन्त्रीहरूले आग्रह गरेका हुन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया