१० अर्बको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना
काठमाडौं ।
गैरआवासीय नेपाली संघको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना भएको छ । विश्वभर रहेका नेपालीहरूको पुँजीलाई नेपालमा लगानी गर्ने उद्देश्यका साथ संघले फन्ड स्थापना गरिएको हो । १० अर्ब अधिकृत पुँजी राखेर दर्ता भएको यो कम्पनीमा पाँच प्रतिशत नेपाल सरकारको पनि लगानी रहनेछ ।
फण्ड स्थापनाको सोमबार औपचारिक घोषणा गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाल सरकार गैरआवासीय नेपालीसँग सहकार्यका लागि सदैव तयार रहेको बताए ।
गैरआवासीय नेपालीले लगानीदूतको रूपमा भूमिका निर्वाह गर्दै विदेशी लगानीकर्तालाई पनि आकर्षित गर्न मदत गर्न उनले आह्वान गरेका थिए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले छरिएर आउनेगरेको लगानी संगठितरूपमा नेपाल ल्याउन बाटो खुलेको बताए । फन्डका अध्यक्ष डा. उपेन्द्र महतोले विश्वभरका नेपालीबाट ठूलो लगानी रकम नेपाल ल्याउँदा अन्य लगानीकर्तालाई समेत प्रोत्साहन गर्नसकिने बताए ।
नेपालको विसकामा पहिला नेपालीको सहभागिता आवश्यक पर्ने र त्यसपछि मात्र विदेशी पनि आकर्षित हुने उनको भनाइ थियो । अर्थसचिव शिशिर ढुंगानाले यस फण्डमा सरकारको पनि पाँच प्रतिशत लगानी रहने र यस फण्डलाई कोरोनापछिको अर्थतन्त्रको उत्थानका लागि प्रयोग गर्न सकिने बताए ।
एनआरएन फाउण्डेसनको स्थापना : नेपालमा थप परोपकारी परियोजना सञ्चालन गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघले एनआरएनए फाउण्डेसनको स्थापना गरेको छ । विश्वभर छरिएका नेपालीहरूले नेपालमा गर्ने परोपकारी कामहरूलाई अझ प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले गैरआवासीय नेपाली संघले छुट्टै फाउण्डेनशनको स्थापना गरेको बताइएको छ ।
परराष्ट्र मन्त्रालयले प्रमाणीकरण गरेको गैरआवासीय नेपाली संघको विधान २००३ (२०२१ को संशोधनसहित)मा एनआरएन फाउण्डेसनको व्यवस्था रहेको छ । यसको स्थापना नेपालभित्र वा विश्वको कुनै पनि स्थानमा गरिन सकिनेछ ।
फाउण्डेसनमार्फत संघले सञ्चालन गर्ने परोपकारी परियोजनाहरूको लागि आवश्यक कोषको व्यवस्थापन गर्न सहयोग पुग्नुका साथै सहयोग गर्ने संघसंस्थाहरूलाई समेत करमा छुट पाउनसक्ने प्रावधानअनुसार धेरै दाताहरूको सहयोग र साथ पाउन सकिन्छ भन्ने फाउण्डेसनको धारणा रहेको छ ।
फाउण्डेसनले नेपालमा प्राकृतिक प्रकोप, शिक्षा, स्वास्थ्य, चिकित्सा क्षेत्रमा सहयोग, मठमन्दिर, प्राचीन स्मारकहरूको मर्मत तथा जीर्णोद्धार, कला तथा सङ्गीत क्षेत्रमा सहयोग, वैज्ञानिकहरू तथा श्रमिकहरूको क्षमता वृद्धि, अन्तर्राष्ट्रिय खेलकुद विकासमा सहयोग, गैरआवासीय नेपालीहरूको उत्थान, विपत् व्यवस्थापन तथा अन्य सरोकारका क्षेत्रमा सहयोग गर्ने संघले जनानकारी दिएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया