इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
काठमाडौँ ।
बेलायतको चर्चित पत्रिका डेली मेल र मेलअनलाइन वेबसाइटले इन्टरनेट खोजीमा मनलागी नतिजा दिएको भन्दै अमेरिकी कम्पनी गुगलविरुद्ध मुद्दा हालेको छ ।पत्रिकाले अनलाइन विज्ञापनमा अनावश्यक नियन्त्रण गरेको र डेलीमेलका समाचारहरुको ‘डाउनग्रेडिङ’ गरेर अन्य आउटलेटको पक्ष लिएको आरोप लगाएको हो । गुगलमा पर्याप्त विज्ञापन नगर्ने प्रकाशकलाई गुगलले दण्डित गर्ने गरेको अमेरिकी कम्पनीविरुद्ध आरोप लागेको छ । तर गुगलले भने तत्कालै यसको खण्डन गरेको छ ।
सन् २०२१ मा बेलायती राजपरिवारको समाचार ‘कभरेज’लाई इन्टरनेटमा खोजी गर्दा गुगलले चलखेल गरेको पत्रिकाको दाबी छ । डेलीमेलका सम्पादक पिटर राइटले गुगलको उक्त कदम प्रतिस्पर्धाविरोधी भएको बताएको बीबीसीले जनाएको छ ।
तर गुगलकी प्रवक्ताले भने डेलीमेलको दाबी पूर्ण असत्य रहेको भन्दै खण्डन गरेकी छिन् । गुगलविरुद्ध यसै पनि अमेरिकामा यसै सम्बन्धित थुप्रै मुद्दा अमेरिकी न्याय विभाग र विभिन्न राज्यका महान्यायाधिवक्ताहरुले हालिसकेका छन् । बजारमा शक्तिको दुरुपयोग गरेको आरोपको गुगलले सधैँ खण्डन गर्दै आएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया