चिनियाँ मोबाइल शिपमेन्ट ६.२ प्रतिशतले घट्यो
बेइजिङ, पुस २८
चीनको मोबाइल फोन शिपमेन्ट (जहाजबाट आपूर्ति) ६.२ प्रतिशतले घटेको छ । सन् २०१९ मा उक्त दरमा मोबाइल शिपमेन्ट घटेर ३८ करोड ९० लाख युनिटमा झरेको चिनियाँ एकेडेमी अफ इन्फरमेसन एण्ड कम्युनिकेसन टेक्नोलोजीले तयार पारेको रिपोर्टले देखाएको हो । डिसेम्बरमा मात्रै मोबाइल फोन शिपमेन्ट ३ करोड ४ लाख युनिट पुगेको थियो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.७ प्रतिशतले घटी हो । सीएआईसीटी चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयमातहतको अनुसन्धान संस्था हो ।
सिन्ह्वाका अनुसार गत वर्ष ३५ करोड ९० लाख फोरजी फोनको शिपमेन्ट भएको छ । त्यस्तै, १ करोड ३७ लाख युनिट फाइभजी फोनको शिपमेन्ट भएको छ । सीएआईसीटीका अनुसार स्मार्टफोन शिपमेन्ट पनि वर्षगत तुलनामा ४.७ प्रतिशतले घटेर ३७ करोड २० लाख युनिटमा झरेको छ । स्मार्टफोनले सन् २०१९ मा भएको कुल शिपमेन्टको ९५.६ प्रतिशत हिस्सा लिएको छ । गत वर्ष चीनकै कम्पनीहरुका फोन बढी शिपमेन्ट भएको पनि रिपोर्टले देखाएको छ । करिब ३५ करोड २० लाख चिनियाँ फोन शिपमेन्ट भएका थिए । जुन कुल शिपमेन्टको ९०.७ प्रतिशत हिस्सा हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया