कोरोनाको जोखिम मोल्दै धमाधम विद्यालयमा वार्षिक परीक्षा सञ्चालन
दोलखा ।
देशभर दोस्रो लहरको कोरोना भाइरस फैलिरहेको छ । दोलखामा पनि कोरोना भाइरसको उच्च जोखिम रहेको छ तर जिल्ला प्रशासन दोलखा र यहाँका स्थानीय तहले सरकारको निर्णयविपरीत धमाधम विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिरहेका छन् ।
जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले दोलखाका विद्यालय बन्द गर्ने कि खोल्ने भन्ने निर्णय गर्न नसक्दा अहिले कोरोना भाइरसको उच्च जोखिममा पनि विद्यार्थी परीक्षा दिन बाध्य छन् । दोलखाका केही बजार क्षेत्रका विद्यालयले पठनपाठन बन्द गरे पनि ग्रामीण भेगमा रहेका स्थानीय तहअन्तर्गत विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । कालिञ्चोक गाउँपालिका, गौरीशंकर गाउँपालिका, विगु गाउँपालिका, मेलुङ गाउँपालिका र जिल्लाको बैतेश्वर गाउँपालिकाका विद्यालयका वार्षिक परीक्षा चलिरहेको छ ।
केन्द्र सरकारको निर्णयलाई अटेर गरेर परीक्षा सञ्चालन गरिरहेका स्थानीय तहका विद्यालयमा जाने अधिकांश विद्यार्थीहरूले सामान्य सुरक्षाको प्रोटोकल समेत पालना गरेका छैनन् । जोखिममा समयमा पनि अहिले जिल्लाका नौ स्थानीय तहमध्येका चारवटा स्थानीय तहले विद्यालय सञ्चालन गरेका हुन् । यी चारवटा स्थानीय तहले वैशाख २५ गतेभित्र परीक्षा सकेर विद्यालय बन्द गर्ने योजनासहित वार्षिक परीक्षा चलाइरहेको बैतेश्वर गाउँपालिका एक शिक्षकले बताए ।
कोरोनाको उच्च जोखिममा पनि स्थानीय सरकारले जोखिम न्यूनीकरण गर्न चासो नदिदा पाँच सय जना विद्यार्थीको भीडमा पुगेर जोखिम मोलेर परीक्षा लिनुपर्ने बाध्यता रहेको मेलुङ गाउँपालिकाको एक सरकारी विद्यालयमा कार्यरत एक शिक्षकले दुखेसो गरे । मेलुङमा सोमबारदेखि बिहान र दिउँसो गरी दुई चरणमा परीक्षा सुरु हुने उनले बताए । यता भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, तामाकोशी गाउँपालिका, कालिञ्चोक गाउँपालिका र शैलुङ गाउँपालिकामा भने केन्द्र सरकारको निर्णयअनुसार विद्यालय बन्द गरिएको छ ।
यस्तै दोस्रो लहरको कोरोना भाइरसले प्रभावित बनेको जिरी नगरपालिकाभित्रका सम्पूर्ण कामकाज आइतबारदेखि बन्द गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा एक महिलासहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दोस्रो लहरको कोरोना भाइरसको संक्रमण हुनेको संख्या आइतबारसम्म दोलखामा १५ जना पुगेको छ भने एक महिलाको आइतबार संक्रमणकै कारण मृत्यु भएको छ । गौरीशंकर र बैतेश्वरमा पनि दोस्रो लहरको कोरोना भाइरसको संक्रमण देखिन थालेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया