नयाँ दिल्ली, पुस २९
भारतीय वाणिज्य मन्त्रालयले आयातित सुनको शुल्क घटाउन माग गरेको छ । रत्न तथा आभूषणको निर्यात बढाउन यस्तो माग गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । स्रोतलाई उद्धृत गर्दै नवभारत टाइम्सले जनाएअनुसार वाणिज्य मन्त्रालयले बजेट घोषणामार्फत सुनको आयात शुल्क घटाउन माग गरेको हो । भारतले अघिल्लो बजेटमा सुनको आयात शुल्क बढाएर १२.५ प्रतिशत पु-याएको थियो । तर रत्न तथा आभूषण निर्यात उद्योगले भने चार प्रतिशत बनाउन माग गरिरहेका छन् । मन्त्रालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको अप्रिल–नोभेम्बरमा करिब ७ प्रतिशतले सुन आयात घटेको छ ।
उक्त अवधिमा भारतले २० अर्ब डलरको सुन आयात गरेको हो । सन् २०१८/०१९ को सोही अवधिमा भारतले २२ अर्ब डलरको सुन आयात गरेको थियो । भारतले गत वर्ष बजेटमा सुन आयात शुल्क बढाउँदा व्यापारघाटा घट्न सहयोग पुगेको बताइएको छ । सन् २०१९/०२० को अप्रिल–नोभेम्बर अवधिमा व्यापारघाटा घटेर १ सय ६ अर्ब डलरमा झरेको थियो । १ वर्षअघि उक्त व्यापारघाटा १ सय ३३ अर्ब अमेरिकी डलर पुगेको थियो । भारत विश्वकै धेरै सु्न आयात गर्ने देश हो । आभूषणजन्य उद्योगको माग पूरा गर्न सुनको आयात अत्यधिक रुपमा हुँदै आएको छ । भारतले वार्षिक रुपमा ८ सयदेखि ९ सय टनसम्म सुन आयात गर्छ । उक्त अवधिमा भारतले आभूषण निर्यात २० अर्ब डलरको निर्यात गरेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया