डुडुवाको आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग
बाँके ।
डुडुवा गाउँपालिकाले निर्माण गरेको आइसोलेसन वार्डलाई व्यवस्थापन गर्न नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । शाखाका मन्त्री अजिज अहमद सिद्दिकीले गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई बिहीबार विजुलीका लागि १० वटा सोलार लाइट सेट, तीन वटा औषधी स्प्रे मेसिन र दुई थान अस्थायी शौचालयका लागि प्यान हस्तान्तरण गरे ।
सामग्री बुझ्दै पालिका अध्यक्ष चौधरीले गाउँपालिकाले निर्माण गरेको आइसोलेसन वार्डका बिरामीहरुलाई सेवा प्रदान गर्नमा सहजता हुने विश्वास व्यक्त गरे । पालिकामा सञ्चालित आपत्कालीन प्रतिकार्यका लागि पूर्वतयारी कार्यक्रमअन्तर्गत सञ्चालित आइसोलेसन सेन्टरका लागि उक्त सामग्री हस्तान्तरण गरिएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।
डुडुवा गाउँपालिकामा अहिलेसम्म ७८ जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसमध्ये दुई जना आइसोलेसन वार्डमा उपचार गराइरहेका छन् भने ७६ जना होम आइसोलेसनमा रहेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताए । उनका अनुसार होम आइसोलेसनमा बस्ने बिरामीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । उपचारका क्रममा बिरामीलाई साह्रै अप्ठयारो भएमा एम्बुलेन्समार्फत भेरी अस्पताल रिफर गरिने उनले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया