दोलखा ।
जिल्लामा दोस्रो लहरको कोरोना भाइरस संक्रमितको संख्या वृद्धि हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय दोलखाले थप दुई ठाउँमा आइसोलेसन निर्माण गर्ने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोना संक्रमितको व्यवस्थापन तथा उपचार गर्नको लागि सदरमुकाम चरीकोटमा रहेको महिला बालबालिका कार्यालयको भवन र भीमेश्वर नगरपालिकाको आईओएमको खाली भवनलाई आइसोलेसनको रूपमा प्रयोग गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार जिल्लामा पछिल्ला दिनमा दैनिक संक्रमित थपिरहेकाले आइसोलेसन थप गर्ने निर्णय भएको हो । जिल्लाना हालसम्म पहिलो र दोस्रो लहरको कोरोना भाइरस संक्रमित हुनेको संख्या पाँच सय १० पुगेको छ ।
यस्तै जिल्लामा सक्रिय संक्रमितको संख्या एक सय ५४ रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा हाल पाँच ठाउँमा आइसोलेसन निर्माण गरिएको छ । अब निर्माण हुने दुईवटा आइसोलेसनले सात ठाउँमा पुग्नेछ ।
हाल सयभन्दा बढी संक्रमित होम आइसोलेसनमा बसेका छन् । सात जना संक्रमित जिल्लाका भिन्न आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी जिल्लाका नौवटै स्थानीयतहले एक सय ७९ बेडका क्वारेन्टाइन निर्माण गरेका छन् । त्यसैगरी जिल्ला प्रशासनको बैठकले जिल्लाका नौवटै स्थानीय तहमा संक्रमितको स्वास्थ्य चेकजाँच गर्न नौ जना स्टाफ नर्स खटाउने निर्णय गरेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया