काठमाडौं, माघ १
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले आफ्नो २३औं वार्षिक साधरणसभा सम्पन्न गरेको छ । सोमबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित साधारणसभामा कम्पनीका सेयरधनीहरूलाई १२ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्तावसमेत पारित भएको छ । साधारणसभाबाट आर्थिक वर्ष ०७५–०७६ को सञ्चालक समितिको २३औं वार्षिक प्रतिवेदनका साथै सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनलगायत पारित भएका छन् ।
साधारणसभामा सेयरधनीहरूको न्युन उपस्थिति रहेको थयो । कार्यक्रममा सेयरधनीहरूको तर्फबाट मन्तव्य राख्दै डा. सुन्दरलाल श्रेष्ठले कम्पनीले स्थापनकालबाट पहिलो पटक बोनस दिएकोमा खुशी व्यक्त गरेका छन् । कार्यक्रममा अध्यक्ष इन्द्रप्रसाद राजभण्डारी र सदस्यद्वय श्रीमती कमलादेवी श्रेष्ठ र वत्स शमसेर जवराले बैठक भत्ताबापत वार्षिकरूपमा ११/११ लाखभन्दा बढी रकम लिएको सेयरधनीहरूले विरोधसमेत जनाएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया