परिसंघद्वारा सरकारलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
काठमाडौं ।
नेपाल उद्योग परिसंघले सरकारलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । मंगलबार परिसंघले आफ्नो सदस्य संस्था होङ्शी–शिवम् सिमेन्टमार्फत आठ लिटर क्षमताका दुई सय थान अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।
दुई करोड रुपैयाँ बराबरको सो सामग्रीहरु बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले माहामारी तथा अक्सिजनको अभावको यस घडीमा उपलब्ध सामग्रीहरुले अक्सिजन सिलिन्डरको विकल्पका रुपमा राहत हुने बताए । त्यस्तै सामग्रीहरु हस्तान्तरण गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले राष्ट्रको संकटका बखतमा नेपालको निजी क्षेत्र सरकारसँगै रहेको बताए ।
राष्ट्रको संकटका बेला अत्यावश्यक सामग्री उपलब्ध गराई सहयोग पु¥याएकोमा परिसंघले होङ्शी–शिववम् सिमेन्ट परिवारलाई धन्यवाद समेत दिएको छ । कोभिड–१९ को दोस्रो लहरसँगै देशका अधिकांश स्थानहरुमा निषेधाज्ञा जारी भएको अवस्था छ । दिनप्रतिदिन बिरामीहरुको चाप बढ्दै गइरहेको छ ।
अस्पतालहरुमा बेडको चरम अभाव देखा पर्दै गएको छ । त्यस्तै कोभिडका बिरामीहरुलाई अत्यावश्यक मानिएको अक्सिजन तथा अक्सिजन सिलिन्डरको समेत अभाव भइरहेको अवस्था छ । यस्तो आपत्कालीन परिस्थितिसँग जुध्न परिसंघले यसअघि नै उद्योगहरुमा रहेको अक्सिजन सिलिन्डरहरु नेपाल सरकारलाई उपलब्ध गराउन सबैलाई आह्वान समेत गरिसकेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया