युरोपेली संघले थोरै तथा मध्यम आय भएका देशलाई दश करोड खोप दिने
ब्रसेल्स ।
युरोपेली संघ (ईयू)ले थोरै तथा मध्यम आय भएका मुलुकहरुका लागि दश करोड खोप उपलब्ध गराउने भएको छ । कोरोनाभाइरसको महामारीमा परेका ती देशहरुलाई महामारीविरुद्ध लड्न सघाउने गरी कोरोनाभाइरस विरुद्धको खोप संघले दिने भएको हो ।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले सो खोप ती देशहरुलाई यस बर्षको अन्त्य सम्ममा उपलब्ध गराइने निर्णय भएको शुक्रबार जानकारी दिएकी हुन् । विश्व स्वास्थ्य सम्मेलनलाई सम्वोधन गर्दै उनले यो प्रारम्भिक सहयोग मात्रै हुने र थप सहयोग पनि गर्न सकिने बताइन् ।
कोरोनाभाइरसको महामारी विश्वभरी नै फैलिएकाले संघले विश्वभरका धेरै देशहरुलाई सहयोग गर्नुपरेको पनि उनले जानकारी दिइन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया