भारतमा एकै दिन २१ लाख २३ हजारको कोरोना परीक्षण
नयाँ दिल्ली ।
भारतमा एकैदिनमा २१ लाख २३ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ । एकै दिनमा यति धेरै कोरोना परीक्षण गरिएको यो पहिलो पटक भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार एकै दिनमा २० लाखभन्दा बढीको कोरोना परीक्षण गरिएको यो पाँचौ दिन हो ।
पछिल्लो २४ घण्टामा भारतमा २१ लाख २३ हजार सात सय ८२ हजार जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । भारतमा दैनिक २५ लाख जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमता रहेको पनि मन्त्रालयका अधिकारीहरुले बताएका छन् । दैनिक संक्रमितको सङ्ख्यामा कमी आउदै गएको देखिएको छ । पछिल्ला केही दिनदेखि दैनिक तीन लाखभन्दा कम संक्रमित हुने गरेका छन् ।
सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४० हजार आठ सय ४२ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी सोही अवधिमा अरु तीन हजार सात सय ४१ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा भारतमा तीन लाख ५५ हजार एक सय दुई जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको पनि मन्त्रालयको तथ्यांक छ ।
मन्त्रालयको विवरणअनुसार नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या एक लाखभन्दा बढी छ । भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या दुइ करोड ६५ लाख ३० हजार एक सय ३२ रहेको छ । तीमध्ये २८ लाख पाँच हजार तीन सय ९९ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् ।
भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख ९९ हजार २६ पुगेको छ । सोमबार विहानसम्ममा तीन लाख नाघ्ने देखिएको छ ।
कोरोनाभाइरसबाट संक्रमित भएरपनि अहिले संक्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या भने अहिलेसम्म दुई करोड ३४ लाख २५ हजार चार सय ६७ पुगेको छ । कोरोनाभाइरसबाट अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा महाराष्ट्र राज्यलाई कर्नाटकले उछिनेको छ ।
यसअघि लामो समयसम्म सवैभन्दा धेरै संक्रमितहरु रहेको राज्यमा महाराष्ट्र राज्य रहदै आएको थियो । अहिले कर्नाटक राज्यमा चार लाख ८३ हजार दुई सय चार जना सक्रिय संक्रमितहरु रहेका छन् भने महाराष्ट्र राज्यमा तीन लाख ५२ हजार दुई सय ४७ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा अहिलेसम्म ३२ करोड ८६ लाख सात हजार नौ सय ३७ पटक कोरोना परीक्षण गरिएको छ । ती मध्ये २१ लाख २३ हजार सात सय ८२ जनाको शनिबार परीक्षण गरिएको हो ।
कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियान पनि भारतमा तीव्ररुपमा भइरहेको छ । संघीय स्वास्थ्य मन्त्रालयले अहिलेसम्म १९ करोठ ५० लाख चार हजार एक सय ८४ खोप उपयोग भएको जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया