बेलायतमा विशाल विद्युतीय कार ब्याट्री कारखाना बनाउन छलफल गर्दै निसान
लन्डन ।
कार कम्पनी निसानले बेलायतमा विद्युतीय कारको ब्याट्रीसम्बन्धी विशाल कारखाना बनाउन गहन छलफल थालेको छ । बीबीसीका अनुसार जापानी कार कम्पनीले यसबारे केही नबताए पनि फाइनान्सियल टाइम्सले बेलायतमा गिगाफ्याक्ट्री निर्माण गर्ने तयारी थालेको समाचारमा जनाएको छ ।
कम्पनीले जापानबाहिर बेलायतलाई अब आफ्नो मुख्य इलेक्ट्रिक हब बनाउन चाहेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको थियो । यता सरकारी अधिकारीहरुले पनि बीबीसीलाई छलफल चलिरहेको पुष्टि गरेको छ । तर निर्णय हुन भने अझै लामो समय लाग्ने स्रोतले जनाएको बीबीसीले उल्लेख गरेको छ । यही संसदीय सत्रमा गिगाफ्याक्ट्रीको कुरा निष्कर्षमा पु-याउन सरकार सकारात्मक रहेको बतााइएको छ ।
चर्चा चलेको कारखाना सन्डरल्यान्डमा हुनसक्ने फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ । यसबाट दुई लाख ब्याट्री प्रतिवर्ष उत्पादन हुनेछ भने हजारौँ रोजगारी समेत सिर्जना हुनेछ । बेलायतमा अबको केही वर्षमा विद्युतीय कारको संख्या ह्वात्तै बढ्ने देखिएको छ । किन कि बेलायतले सन् २०३० सम्ममा पेट्रोल र डिजेलका सवारीसाधनको बिक्री बन्द गर्ने जनाएको छ । सन्डरल्यान्डमा कम्पनीको यसअघि नै प्लान्ट रहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया