बंगलादेशले एकै महिनामा भित्र्यायो दुई अर्ब बढी डलर रेमिट्यान्स
ढाका ।
बंगलादेशले एकै महिनामा दुई अर्ब बढी अमेरिकी डलर रेमिट्यान्स भित्र्याएको छ । विदेशमा रहेका बंगलादेशी आप्रवासीले मे महिनामा दुई अर्ब १७ करोड अमेरिकी डलर रेमिट्यान्स स्वदेश पठाएका हुन् ।
बंगलादेश बैंकको ताजा तथ्यांकअनुसार रेमिट्यान्सको उक्त परिमाण यो वर्षकै धेरै हो । कोरोनाको दोस्रो लहर चलिरहँदा बंगलादेशले ठूलो आकारको रेमिट्यान्स भित्र्याएको केन्द्रीय बैंकले जनाएको छ ।
मे महिनाको रेमिट्यान्स अप्रिल महिनाको भन्दा पाँच प्रतिशतले बढी हो । गत अप्रिलमा दुई अर्ब छ करोड डलर, जनवरीमा बंगलादेशले एक अर्ब ९६ करोड डलर, फेब्रुअरीमा एक अर्ब ७८ करोड डलर र मार्च महिनामा एक अर्ब ९१ करोड डलर भित्रिएको थियो ।
तर गत वर्षको अगस्टको तुलनामा भने यो रेमिट्यान्स केवल १०.५४ प्रतिशतले बढी हो भने जुलाई २०२० यताकै दोस्रो ठूलो आकार हो । जनवरीदेखि मे महिनासम्म रेमिट्यान्समात्रै नौ अर्ब ८९ करोड डलर भित्रिएको केन्द्रीय बैंकले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया