लन्डन ।
चर्चित कम्पनी नाइक र अन्य मुख्य स्पोन्सरहरु टेनिस खेलाडी नाओमी ओसाकाको समर्थनमा उभिएका छन् । ओसाकाले विवादका कारण फ्रेन्च ओपन टेनिस नखेल्ने निर्णय गरेकी थिइन् ।
खेलसामग्री उत्पादन गर्ने कम्पनीले सन् २०१९ मा ओसाकालाई प्रायोजन गर्ने सम्झाौता गरेको थियो । सोमबार कम्पनीले नाओमीको समर्थनमा वक्तव्य निकालेको हो । उनले अहिले मानसिक तनाव लिइरहेको भन्दै कम्पनीले आफूहरु उनको पक्षमा रहेको बताएका छन् ।
बीचैमा प्रतियोगिता छाडेपछि उनलाई मिडियामा आफ्नो पहिलो राउन्डको खेलबारे नबोलेकोमा १५ हजार अमेरिकी डलर जरिवाना तिराइएको थियो । आफूलाई मानसिक तनाव भइरहेको भन्दै उनले मिडियामा नबोल्ने बताएकी थिइन् ।
उनले सन् २०१८ मा पहिलो ग्रान्ड स्ल्याम उपाधि जितेपछि नै आफू मानसिक तनावमा रहेको गत बुधबार ट्विटरमार्फत जनाएकी थिइन् । नियमानुसार उनले मिडियामा बोल्नुपर्ने हुन्छ । त्यसपछि नाइकसाँगै अन्य प्रायोजकहरुले समेत ओसाकाको पक्ष लिएका छन् । उनी जापानमा जन्मे पनि अमेरिकामा हुर्किएकी थिइन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया