बोर्डद्वारा राफसाफ कोषलाई कार्यान्वयनयोग्य बनाई सञ्चालनमा ल्याउन निर्देशन
२०८० भित्र कुल एक अर्ब रकमको कार्यान्वयनयोग्य कोष स्थापना र सञ्चालन गरिसक्नुुपर्ने
काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले राफसाफ कोषलाई कार्यान्वयनयोग्य बनाई सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) लाई निर्देशन दिएको छ । बोर्डले बिहीबार विज्ञप्ति जारी गर्दै नेप्सेलाई उक्त निर्देशन दिएको हो ।
बोर्डका अनुसार धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २७ को व्यवस्थाबमोजिम स्थापना भएको राफसाफ कोषमा हालसम्म नगन्य रकम जम्मा भई राफसाफ सुनिश्चितता हुने गरी कार्यान्वयनमा आउन नसक्दा समयमा नै लगानीकर्तालाई धितोपत्र बिक्रीबा(पतको रकम भुक्तानी हुनसकेको छैन ।
अहिले धितोपत्रको दोस्रो बजार कारोबार दिनानुदिन वृद्धि भइरहेको अवस्थामा यसमा निहित प्रणालीगत जोखिमलाई न्यूनीकरण गर्न आवश्यक भएकोले धितोपत्र कारोबारलाई समयमा नै राफसाफ गराई बजारलाई व्यवस्थित र अनुशासित राख्न विद्यमान राफसाफ कोषलाई कार्यान्वयनयोग्य बनाउन आवश्यक देखिएको हो । ‘यही आवश्यकतालाई परिपूर्ति गर्नको लागि नेप्सेलाई उक्त निर्देशन दिएका हौँ’, बोर्डले विज्ञप्तिमार्फत भनेको छ ।
बोर्डका अनुसार धितोपत्र बजार (स्टक एक्सचेञ्ज)ले व्यवस्था गर्ने राफसाफ कोषमा धितोपत्र बजार, धितोपत्रको राफसाफ सेवा प्रदान गर्ने संस्था र समान रुपमा सम्पूर्ण राफसाफ सदस्यहरु (धितोपत्र दलालहरु) को योगदान हुने गरी आर्थिक वर्ष २०७७/०७८ भित्र ५० करोड, आर्थिक वर्ष २०७८/०७९ भित्र थप ३० करोड र आर्थिक वर्ष २०७९/०८० भित्र थप २० करोड गरी कुल एक अर्ब रकमको कार्यान्वयनयोग्य कोष स्थापना र सञ्चालन गर्नुपर्नेछ ।
उक्त कोषमा धितोपत्रबजारले समग्रमा कोषको ५० प्रतिशत रकम, राफसाफ सेवा प्रदान गर्ने संस्थाले समग्रमा कोषको ३० प्रतिशत रकम, राफसाफ सदस्यहरु (धितोपत्र दलालहरु)ले समग्रमा कोषको २० प्रतिशत रकम हुुनुपर्नेछ । उक्त रकमको अतिरिक्त कोषलाई जोखिममा आधारित हुने गरी सुदृढ बनाउन धितोपत्र बजार (कोष व्यवस्थापक) ले धितोपत्र दलालहरुको पछिल्लो महिनाको औसत दैनिक कारोबार रकमको एक प्रतिशत रकम चालू महिनाको १५ गतेभित्र थप गर्न लगाई गतिशील योगदानको रुपमा कोषमा जम्मा गर्नुपर्नेछ ।
उपर्युक्तबमोजिम थप रकम निर्धारण गर्दा मासिक रुपमा पुनरवलोकन गर्ने र यसरी थप गर्ने रकम पछिल्लो महिनाको गतिशील योगदानभन्दा धेरै भएमा फरक रकम मात्र राफसाफ कोषमा धितोपत्र दलालले थप योगदान गर्नुपर्नेछ ।
राफसाफ कोषको व्यवस्थापन सम्बन्धमा अन्तर्राष्ट्रिय प्रचलनअनुरुप हुने गरी धितोपत्र बजारले कोषको सञ्चालक समितिको रुपमा र राफसाफ सेवा प्रदान गर्ने संस्थाले कोष व्यवस्थापकको रुपमा कार्य गर्नुपर्नेछ ।
यो व्यवस्था कार्यान्वयनमा आएपश्चात् धितोपत्र कारोबारको रकम समयमै राफसाफ तथा फछर्यौट हुने सुनिश्चितता भई उक्त कार्य थप प्रभावकारी रुपमा यथा समयमा नै सम्पन्न हुने, धितोपत्र कारोबारमा निहित प्रणलीगत जोखिम न्यूनीकरण हुने, लगानीकर्ताले समयमा नै धितोपत्र बिक्रीबापतको रकम प्राप्त गर्ने र धितोपत्र कारोबार थप गतिशील हुन सहयोग पुग्ने विश्वास गरेको जानकारी बोर्डले दिएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया