काठमाडौं । नेपाल आयल निगमले घाटा देखाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने चलनलाई यसपटक पनि दोहो¥याएको छ । निमगले शनिबार रातिदेखि लागू हुने गरी बढाएको मूल्यले आमउपभोक्तालाई ठूलो समस्यामा पारेको छ ।
पेट्रोलको मूल्य वृद्धि हुँदा न्यून आय भएका उपभोक्तालाई खासै ठूलो आर्थिक बोझ नपर्ने भए पनि डिजेल र मट्टितेलको मूल्यवृद्धिले आम उपभोक्तालाई ठूलो झड्का लागेको छ ।
आयल निगमले शनिबार रातिदेखि नै पेट्रोल, डिजेल, मट्टितेल तथा हवाइ इन्धनको मूल्यवृद्धि गरेको छ । हवाइ इन्धनको मूल्य पनि आन्तरिक उडानतर्फको वृद्धि गरेको छ । सरकारले लक डाउन खोल्नासाथ आन्तरिक उडान हुँदा प्रत्यक्ष रुपमा नेपाली उपभोक्ता नै महंगीको मारमा पर्ने हुन् ।
आयल निगमको नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय २५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर एक सय आठ रुपैयाँ र आन्तरिकतर्फको हवाइ उडानतर्फको मूल्य ८० रुपैयाँ तोकिएको छ । लकडाउन भएपछि निगमले दोस्रो पटक मूल्यवृद्धि गरेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- वैदेशिक रोजगारीका नाममा ८० लाख ठगी गर्ने दुई पक्राउ
- वायु प्रदूषण बढेकाले मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
- बीएलडीसी सिलिङ फ्यान बजारमा
- एक्सप्लोर अर्थमुर्भसको कसमस पम्प प्रदर्शन
- नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच सम्झौता
- बंगलादेशमा गर्मीका कारण विद्यालय बन्द
- ‘चीन र भारतको बीचमा नेपाललाई बृहत् लगानी तथा उत्पादन गर्न अवसर’
- गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा तीन खानेपानी आयोजना निर्माण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया