राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने
काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले दुई अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले यही जेठ २५ गते मंगलबारदेखि आठ दशमलव पाँच प्रतिशत आरबीबीएल डिबेञ्चर २०८३ नामको ऋणपत्र बिक्री खुला गर्न लागेको हो । बैंकले छ वर्ष अवधि भएको वार्षिक आठ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल दुई अर्ब ५० करोड रुपैयाँ (२५ लाख कित्ता) मूल्यबराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ ।
आठ दशमलव पाँच प्रतिशत आरबीबीएल डिबेञ्चर २०८३ नामको प्रतिकित्ता एक हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरूलाई बिक्री गरिने र सो का लागि ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ‘एनआईबीएल एस क्यापिटल लिमिटेड’ र निष्काशनकर्ता कम्पनी ‘राष्ट्रिय वाणिज्य बैंक लिमिटेड’को आपसीसहमतिमा बिक्रीवितरण गरिनेछ । साथै, सर्वसाधारणका लागि छुट्याइएको ४० प्रतिशत अर्थात् १० लाख कित्ता सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिनेछ ।
छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म बिक्रीमा रहने यस ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम दुई लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरू, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयहरूमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो सेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
बैंकको यस ऋणपत्रलाई केयर रेटिङ नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा प्रर्याप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रूपमा रहेको संकेत नम्बर प्रदान गरेको बैंकले जानकारी दिएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा तीन अर्ब २७ करोड ८५ हजार सात सय १० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफाा तीन अर्ब तीन करोड ६२ लाख ९३ हजार एक सय ४७ रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी नौ अर्ब १८ करोड ४८ लाख ९१ हजार छ सय १४ रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासमा दुुई खर्ब ४० अर्ब ७२ करोड ५४ लाख ९५ हजार नौ सय ९७ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ६७ अर्ब ५१ करोड ८२ लाख ५६ हजार पाँच सय ९४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ अर्ब ३४ करोड ५९ लाख २४ हजार पाँच सय ५९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ४० प्रतिशतको स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने तीन अर्ब चार करोड ३५ लाख ५२ हजार सात सय १८ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले दुई खर्ब ३० अर्ब ९० करोड २६ लाख ३६ हजार आठ सय ८४ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५० अर्ब ७९ करोड ७८ लाख ४६ हजार सात सय २५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ अर्ब ९७ करोड २१ लाख ८१ हजार तीन सय ७७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ७० प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया