डेभलपमेन्ट बैंकर्स एसोसिएसनद्वारा जेठ ३१ गतेसम्म खोलिने शाखाहरूको सूची सार्वजनिक
काठमाडौं ।
विकास बैंकहरूको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले यही जेठ ३१ गतेसम्म खोलिने शाखाहरूको विवरण सार्वजनिक गरेको छ । विश्वव्यापी रूपमा फैलिए रहेको कोभिड १९ संक्रमण जोखिम न्यूनीकरण गर्दे उच्च सतर्कताको साथमा बैंकिङ सेवा प्रभाह गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागको यही जेठ १० गतेको सूचनामार्फत नेपाल राष्ट्र बैंकबाट इजजात पत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशनअनुसार काठमाडौँ उपत्यकाभित्र ख वर्गका विकास बैंकहरूको हकमा काठमाडौँ जिल्लामा दुईवटा, ललितपुर जिल्लामा एउटा र भक्तपुर जिल्लामा एउटा शाखा खोल्नको लागि निर्देशन दिएको छ ।
सोही निर्देशनअनुसार एसोसिएसन नेपालमा आबद्ध राष्ट्रियस्तरका आठवटा सदस्य विकास बैंकहरूले जेठ २३ गते आइतबारदेखि जेठ ३१ गते सोमबारसम्म खुल्ने विकास बैंकहरूको शाखाको विवरण सार्वजनिक गरेका हुन् । एसोसिएसनका अनुसार काठमाडौँ उपत्यकाभित्र विकास बैंकहरूका शाखा कार्यालयहरू खुल्ने समय बिहान १० बजेदेखि दुई बजेसम्म मात्र रहेको छ । उपत्यकाबाहिरको हकमा भने स्थानीय निकायको निर्देशनअनुसार सञ्चालन हुने एसोसिएसनले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया