नबिल बैंकको एटीएम तोडफोड गर्ने एक व्यक्ति पक्राउ
उदयपुर ।
नबिल बैंकको एटीएम तोडफोड गर्ने एक व्यक्ति पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–११ स्थित नबिल बैंकको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा त्रियुगा नगरपालिका–३ बस्ने भारत मधुवनी ग्राम पञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोरलाई सोमबार राति पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।
समाचार कक्षका अनुसार उक्त एटीएम मेसिन अपरिचित व्यक्तिहरुले तोडफोड गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनलाई नियन्त्रणमा लिएको हो । तत्काल भागी फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी पनि प्रहरीले दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया