अष्ट्रेलियाको आगलागी भएको क्षेत्रमा वर्षा
सिड्नी, माघ ३
अष्ट्रेलियामा लामो समयदेखि आगलागी भएको क्षेत्रमा वर्षा भएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने त्यस क्षेत्रमा बिहीबार वर्षा भएको र राहत महसूस गरिएको अधिकारीहरुले बताएका छन् । अहिलेसम्म नै नभएको ठूलो आगलागीको घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ भने लाखौ जनावर पनि जलेर मरेका छन् । न्यु साउथ वेल्समा आगलागी भइरहेको र अहिले परेको वर्षाले आगो नियन्त्रण नै हुने अवस्था भने नरहेको अधिकारीहरुले जनाएका छन् ।
‘आगलागी भएको क्षेत्रमा अहिले वर्षा भएपछि केही राहत महसूस त भएको छ, तर आगलागी नियन्त्रण नै हुने भने देखिएको छैन’, ग्रामीण अग्नि नियन्त्रण सेवाका अधिकारीहरुले सामाजिक सञ्जालमा लेखेका छन् । वर्ष कति धेरै समय पर्छ र कति ठूलो हुन्छ भन्ने कुराले आगलागी नियन्त्रण हुन्छ की हुदैन भन्ने निर्धारण हुने उनीहरुले बताएका छन् । आगलागी हुनुभन्दा अगाडीसम्म दर्जनौ ठाँउमा आगलागी भइरहेको विवरण अग्नी नियन्त्रण सेवाका अधिकारीहरुले दिएका थिए । स्थानीय सञ्चार माध्यमहरुले पनि जलिरहेको जंगलमा वर्षा भएको भिडियो र फोटोहरु प्रकाशन तथा प्रसारण गरेका छन् । (रासस/एएफपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया