महालक्ष्मी लाइफले बीमाशुल्क भुक्तानीको विलम्ब शुल्कमा छुट दिने
काठमाडौं ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क भुक्तानीको बिलम्व शुल्कमा छुट दिनेभएको छ । यही असार मसान्तसम्म बीमा शुल्कको किस्ता तिर्ने बीमितहरूको हकमा तीन महिनासम्म शतप्रतिशत छुुट, तीन महिनामाथि छ महिनासम्मको ७५ प्रतिशत छुुट र छ महिनाको माथिको हकमा ५० प्रतिशत छुट दिन लागिएको कम्पनीले जानकारी दिएको छ ।
विश्वव्यापी रूपमा फैलिरहेको कोभिड–१९ को संक्रमण तथा नेपालको अधिकांश जिल्लाहरूमा जारी निषेधाज्ञाको कारण बीमितहरूले बीमाशुल्क किस्ता समयमा तिर्नसकेका छैनन् । कतिपयले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू सञ्चालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था हुननसकेको कारण तिर्न असमर्थ हुँदै आइरहेका थिए । आम बीमितहरूको यही समस्यालाई विचार गरी राहतस्वरूप ज्येष्ठ २७ गतेबाट लागू हुनेगरी बीमा शुल्क तिर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने व्यवस्था गरिएको हो ।
यस्तो छ कम्पनीको छुटसम्बन्धी व्यवस्था
बीमालेख व्यतित अवधि विलम्ब शुल्कमा हुने छुट (प्रतिशत)
३ महिनासम्म १००
३ महिनाभन्दा माथि – ६ महिनासम्म ७५
६ महिनाभन्दा माथि ५०
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया