फेसबुकका कर्मचारीलाई घरबाटै काम गर्न छुट
अमेरिका ।
सामाजिक सञ्जाल फेसबुकले आफ्ना कर्मचारीलाई लामो समयसम्म घरबाटै काम गर्न दिने भएको छ । कम्पनीले कोरोना महामारीपछि पनि घरबाटै काम गर्न सम्भव हुने कर्मचारीलाई यस्तो सुविधा दिन लागेको कम्पनीले जनाएको छ ।
फेसबुकले सम्भव हुने कर्मचारीलाई घरबाटै काम गर्न अनुमतिको आग्रह गर्नसक्ने जनाएको छ । फेसबुकका प्रतिस्पर्धी कम्पनीहरु एप्पल र गुगलले भने कर्मचारीलाई कार्यालयमै आएर काम गर्न भनेका छन् । यसअनुसार यी कम्पनीका कर्मचारी आगामी महिनाहरुमा कार्यालयमै आएर काम गर्नुपर्नेछ । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कर्मचारीलाई सन् २०२२ को आधाआधीसम्म घरबाटै काम गर्न दिने बताएका छन् ।
जुकरबर्गले यसअघि कम्पनीका ६० हजार कर्मचारीमध्ये आधाजसोले यही दशकमा घरबाटै काम गर्नसक्ने बताएका थिए । फेसबुकका कार्यालयहरु पूर्ण क्षमतामा आगामी अक्टोबरदेखि खुल्ने बताइएको छ । तर अनुमति नलिई घरबाट काम गर्ने कर्मचारीले भने आधा समय कार्यालय आएर काम गर्नुपर्नेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया