भारतमा ७४ दिनयताकै कम कोरोना संक्रमित थप
नयाँ दिल्ली ।
भारतमा आइतबार ७० हजार ४२१ व्यक्तिमा कोरोना संक्रमण देखा परेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । आइतबार भारतमा ७४ दिनयताकै यो सब भन्दा कम कोरोना संक्रमित फेला परेको हो ।
गत २४ घण्टामा यहाँ कोरोना संक्रमणको कारण तीन हजार नौ सय २१ जनाको मृत्यु भएपछि भारतमा कोरोनाबाट मृत्यु हुने कुल व्यक्तिको संख्या तीन लाख ७४ हजार तीन सय पाँच भएको जनाइएको छ । यहाँ हाल कोरोना संक्रमितको कुल संख्या दुई करोड ९५ लाख १० हजार चार सय १० पुगेको मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
गत २४ घण्टामा एक लाख १९ हजार पाँच सय एक जना कोरोना भाइरस संक्रमित मुक्त भएका छन् । यसैसँग दुई करोड ८१ लाख ६२ हजार नौ सय ४७ जना कोरोनामुक्त भएका बताइएको छ । भारतमा कोरोना भाइरस संक्रमणमुक्त हुने दर ९५.४३ प्रतिशत रहेको छ । हाल यहाँ नौ लाख ७३ हजार एक सय ५८ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोना सुरु भएयता हालसम्म यहाँँ ३७ करोड ९६ लाख २४ हजार छ सय २६ जनाको कोरोना परीक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ । गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म भारतमा २५ करोड ३१ लाख ९५ हजार ४८ डोज खोप लगाइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
- नीति तथा कार्यक्रमको लागि बिज्ञ समुह संग छलफल गर्दै मन्त्री श्रेष्ठ
- नेवार र तामाङ भाषा बागमती प्रदेशभित्र सरकारी कामकाजमा
- नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक नयाँबानेश्वरमा
- संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
- जापानी विदेशमन्त्री योको कामिकावाको भ्रमण कोशेढुंगा बनोस्
- किन लाग्छ गभर्नरमाथि पुँजीबजार विरोधीको आरोप ?
- योजनाका लक्ष्य भेट्न धरातल बनाऔँ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया