म्याकेन्जी स्कटले फेरि दान गरिन् पौने तीन अर्ब डलर
अमेरिका ।
अर्बपति समाजसेवी म्याकेन्जी स्कटले फेरि झण्डै तीन अर्ब अमेरिकी डलर दानमा खर्च गरेकी छिन् । एपीका अनुसार स्कटले विभिन्न च्यारिटी र जातीय समानताका क्षेत्रमा दुई अर्ब ७० करोड अमेरिकी डलर दान गरेकी हुन् । उक्त रकम विभिन्न दुई सय ८६ संस्थाहरुले पाएको बताइएको छ । यो उनको तेस्रो चरणको दान हो । अमेजनका संस्थापक तथा विश्वकै धनी अर्बपति जेफ बेजोसकी पूर्वपत्नी उनले आफू र आफ्ना श्रीमान् डान जेवेटले मिलेर दान गरेको मिडियम पोस्टलाई बताएकी छिन् ।
धेरैभन्दा धेरै सम्पत्ति विश्वका केही सीमित व्यक्तिसँग थुप्रिएकोमा पनि उनले चिन्ता व्यक्त गरेकी छिन् । यसअघि गत वर्ष सन् २०२० मा उनले यस्तै प्रकारको दुई चरणको दान घोषणा गरेकी थिइन् । जसअन्तर्गत छ अर्ब अमेरिकी डलर कोरोना राहत, लैंगिक समानता, अश्वेत कलेज र युनिभर्सिटी तथा विद्यालयहरुमा दान गरेकी थिइन् । पछिल्लो दान भने समानता प्रेरित गैरनाफामूलक दुई सय ८६ संघ÷संस्थालाई दिइएको बताइएको छ ।
चर्चित म्यागजिन फोर्ब्सका अनुसार उनीसँग ६० अर्ब डलरबराबरको सम्पत्ति छ । स्कटले बेजोससँग सन् २०१९ मा सम्बन्धविच्छेद गरेकी थिइन् । त्योसँगै उनले अमेजनबाट चार प्रतिशत सेयर स्वामित्व पाएकी थिइन् । ५१ वर्षीया स्कटले आफ्नो धेरैजसो सम्पत्ति दानमा खर्चिने सम्बन्धविच्छेदलगत्तै बताएकी थिइन् ।
बिल गेट्स, मेलिन्डा गेट्स र वारेन बफेटजस्ता चर्चित अर्बपतिको दानप्रेरित अभियान ‘गिभिङ प्लिज’मा स्कटले पनि हस्ताक्षर गरेकी थिइन् । स्कटको दानले ऐतिहासिक रुपमा पछाडि परेका समुदायको राजनीतिक आवाज माथि उठाउन योगदान पुगेको बताइएको छ । सन् २०२० यता स्कटले अल्पसंख्यक, महिला र अन्य यस्तै जनसंख्याले चलाएका संगठनमा दान बढाएकी छिन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया