अलैँचीको मूल्य बढे पनि किसानले पाएनन्
फुड्.लिड. ।
ताप्लेजुङका किसान तथा स्थानीय व्यापारीले अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट फाइदा लिन सकेका छैनन् । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्यवृद्धि भएको र त्यसको फाइदा भने स्थानीय किसान तथा व्यवसायीले लिन नपाएका हुन् ।
विगत केही वर्ष अलैँचीको मूल्यमा निरन्तर गिरावट भएको थियो । यस वर्ष पनि अलैँची कारोबारको समयमा खासै मूल्य नआएको अर्थात् प्रतिमन (४० किलोग्राम) २२ देखि २५ हजार रूपैयाँसम्म भएको थियो । पछिल्लो चार÷पाँच वर्षयता मूल्य बढ्नेभन्दा पनि निरन्तर घट्ने क्रम रहेकाले अलैँची उत्पादक किसान तथा स्थानीय व्यापारीले सिजनमा चलेको मूल्यमै खरिदबिक्री गरिसकेकाले हालको मूल्यवृद्धिको फाइदा लिनबाट उनीहरू वञ्चित भएका हुन् ।
अहिले अलैँचीको मूल्यवृद्धि भएर प्रतिमन ३० देखि ३२ हजारसम्म पुगेको छ । मूल्यवृद्धि भए पनि त्यसको फाइदा लिन नपाएको फुङ्लिङ बजारका स्थानीय व्यापारी भद्र रेग्मीले बताए । पहिले सिजनमै अलैँचीको कारोबार गरिसकेकाले अहिले बेमौसममा मूल्य बढेका कारण त्यो फाइदा लिन नपाएको रेग्मीको भनाइ छ । यस्तै फुङ्लिङ बजारकै अलैँची व्यवसायी दिनेश अधिकारीले पनि वृद्धि भएको मूल्यको फाइदा किसान तथा स्थानीय व्यवसायी दुवैले लिन नपाएको बताए ।
ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका व्यवसायी अधिकारीका अनुसार कारोबारको मौसममा आएको मूल्यमा सबै अलैँची बिक्री गरिसकेकाले मूल्य वृद्धिको फाइदा लिनबाट वञ्चित हुनुपरेको हो । सुरुका वर्षमा भने किसान तथा स्थानीय व्यापारी दुवैले राम्रो मूल्यको पर्खाइमा अलैँची पछिसम्म कारोबार नगरी थन्क्याएर राख्ने गर्दथे । पछिल्लो समयमा भने मूल्य बढ्नेभन्दा पनि निरन्तर घट्दै जाने हुँदा सुरुमै कारोबार गर्नेगरेको स्थानीय व्यवसायी बताउँछन् ।
ताप्लेजुङमा भने चार हजार दुई सय ५८ हेक्टर क्षेत्रफलबराबरमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट यसवर्ष मात्र दुई हजार नौ सय ६० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्र पाँचथरको तथ्यांकअनुसार यसवर्ष जिल्लामा गत वर्षभन्दा करिब १० देखि १५ प्रतिशतले अलैँची उत्पादन वृद्धि भएको हो ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया