अंगोलामा प्रविधि केन्द्र निर्माणमा हुवावेले छ करोड डलर खर्चिने
लुआन्डा ।
चीनको प्रविधि क्षेत्रको कम्पनी हुवावेले अफ्रिकी मुलुक अंगोलामा दुईवटा प्रविधि तालिम केन्द्रहरु निर्माणका लागि छ करोड डलर लगानी गरेको छ । हुवावे अंगोलाका प्रतिनिधि चु सियाओसिनले राष्ट्रपति जोआओ लोरेन्कोसँगको भेटमा उक्त जानकारी दिएका हुन् ।
ती केन्द्रमा करिब दुई हजार युवाले दूरसञ्चार र सूचना प्रविधिका क्षेत्रमा नयाँ ज्ञान प्राप्त गर्न सक्ने हुवावेले जनाएको छ । हुवावेका प्रतिनिधि चुले पछिल्लो परियोजनाले अंगोलामा डिजिटल अर्थतन्त्रको विकासमा योगदानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । अफ्रिकी महादेशका धेरै देशमा चीनले केही वर्षदेखि दूरसञ्चार, पर्यटन, सडक, रेल समेतका पूर्वाधार निर्माणमा लगानी विस्तार गरिरहेको छ । (रासस–सिन्ह्वा)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया