भारतमा एकै दिनमा ६० हजार संक्रमित दैनिक संक्रमितको संख्या घट्दो
नयाँ दिल्ली ।
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्यामा कमी हुँदै आएको छ । पछिल्ला केही दिनदेखि दैनिक संक्रमितको संख्यामा निरन्तर कमी हुँदै आएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । मन्त्रालयका अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६० हजार सात सय ५३ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । पछिल्ला तथ्यांकलाई हेर्दा दैनिक संक्रमितको संख्यामा २.९८ प्रतिशतको दरले कमी हुँदै आएको मन्त्रालयले शनिबार जनाएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा एक हजार छ सय ४७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको देखिएको छ । त्यसैगरी सोही अवधिमा कुल ९७ हजार सात सय ४३ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । भारतमा अहिलेसम्म कुल दुई करोड ९८ लाख २३ हजार पाँच सय ४६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । तीमध्ये सात लाख ६० हजार १९ जना अहिले पनि संक्रमित अवस्थामै रहेको पाइएको छ । कोरोनाभाइरसलाई जितेर संक्रमणमुक्त भएकाहरुको कुल संख्या भने दुई करोड ८६ लाख ७८ हजार तीन सय ९० रहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया