स्कटल्यान्डका नेपालीद्वारा नारायणी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग
काठमाडौं ।
कोभिड–१९ राहत सहयोग समिति स्कटल्यान्डले वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्रदान गरेको छ । गैरआवासीय नेपाली संघमार्फत खरिद गरिएको २० थान अक्सिजन कन्सन्ट्रेटरमध्ये पाँच थान उक्त अस्पताललाई हस्तान्तरण गरिएको हो ।
जर्मनीमा निर्मित १० लिटर क्षमता भएको उक्त कन्सन्ट्रेटर नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वीरेन्द्रबहादुर प्रधानलाई हस्तान्तरण गरिएको थियो । डा. प्रधानले सहयोग प्राप्त कन्सन्ट्रेटरले कोरोना संक्रमितको उपचारमा निकै ठूलो मद्दत पुग्ने बताए ।
कोभिड–१९ राहत सहयोग समितिमा गैरआवासीय नेपाली संघ स्कटल्यान्ड, नेपाल स्कटल्यान्ड एसोसिएसन, स्कट स्पोट्र्स क्लब, ग्लास्गो नेपाली एसोसिएसन, दियो क्लब युके, नेपाल स्कटिस सोसाइटी, हिमालयन आर्ट्स एण्ड कल्चरल सेन्टर, फाइफ नेप्लिज कम्युनिटी, नेपाली साउथ साइड कम्युनिटी ग्लास्गो, फोर्थ भ्याली नेप्लिज एसोसिएसन, जीएस आर्ट्स एण्ड कल्चर, हरियाली आमा समूह, अर्गनाइजेसन फर नेप्लिज कल्चर एण्ड वेलफेयर, नेप्लिज हिमालयन एसोसिएसन स्कटल्यान्ड, नेप्लिज युथ स्कटल्यान्डको संलग्नता रहेको छ । अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि स्कटल्यान्डमा रहेका नेपालीहरूबाट व्यक्तिगतरूपमा सहयोग समेत प्राप्त भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया